दामुना बजारमा एक पुरुषको शब झुण्डिएको अबस्थामा फेला

पढ्न समय: 1 मिनेट


कार्तिक ४, गौरीगञ्ज । गौरादह ६ दामुना बजारस्थित आफ्नै घरमा एक पुरुषलको शब झुण्डिएको अबस्थामा फेला परेको छ । स्थानिय गोपाल भनिने बर्ष अन्दाजी ३६ का टँक बहादुर गुरुङ आफ्नो घरको छत मा जाने भर्याङ्ग कोठामा झुण्डिएको अबस्थामा फेला परेको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले जनाएकाछन् ।
मृतकको आमा बुवा श्रीमती र दुइ छोराछोरी रहेको र उनि बिदेश जाने तरखरमा रहेको तर कोरोना महामारी र लकडाउनका कारण रोकिएको कुरा स्थानियहरुले बताएकाछन् । मुचुल्का तयार गरी उनको शब पोष्टमार्टमका लागि दमक पठाइएको कुरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्