
कार्तिक १९ गौरीगञ्ज । जुरोपानी स्थित दामाबारी चोकमा मोटरसाइकल र साइकल एक आपसमा ठोकिँदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा साइकल चालक गौरादह ८ का मँगला राजवँशी रहेको कुरा गौरीगञ्ज ट्राफिक प्रमुख साजन कार्कीले बताएका छन् । गौरीगञ्ज तर्फबाट गौरादह तिर जादै गरेको मे १० प ८११ नँबरको मोटर साइकलले उनलाइ ठक्कर दिएको कुरा प्रहरीले बताएको छ मोटरसाइकल चालक गौरादह ८ का बिशाल ताजपुरियाको अबस्था सामान्य रहेको र साइकल चालक घाइते राजवँशीलाइ उपचारका लागि बिर्तामोड पठाउने तयारी भएको बुझिएको छ ।
