दसैँको शुभकामना सहित वडा नँ ३ ले गर्यो बृक्षारोपण

पढ्न समय: 1 मिनेट

असोज १४, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं ३ को वडा कार्यालय ले बृक्षारोपण गरेको छ । वडा कार्यालय ले वडा भित्र सञ्चालित सहकारी, बैँक लगायतका बित्तिय सँस्था हरुको सहकार्य मा गौरीगञ्ज चोक मा बृक्षारोपण गरेको हो ।

- Advertisement -
Ad image

चोकमा नब निर्मित हुलाकी सडक को बीचमा रहेको डिभाईडरमा बिदेशी जातका ५० बटा बिरुवा रोपिएको कुरा वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी ले बताए । बिरुवा हरुलाई चौपाया हरु बाट जोगाउन तार जालीको ब्यबस्था गरिएको छ ।

गाउँपालिका अध्यक्ष फुलबती राजवँशी र वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी ले सँयुक्त रूपमा बिरुवा रोपेर बृक्षारोपणको उद्घाटन गरेका थिए । बृक्षारोपणमा उद्योग वाणिज्य संघ तथा वडा भरि सञ्चालन भएका बित्तिय संस्था हरुका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्