भदाै ६ गौरीगञ्ज । झापाको दमकको थानारोड मा सँचालित दमक फार्मेसीका एक स्वास्थ्यकर्मी काेराेना संक्रमण देखिएकाे छ । कोरोना संक्रमण देखिएपछि फार्मेसी शिल गरिदै छ ।
दमकमा निकै चलेकाे याे फार्मेसीका स्वास्थ्यकर्मीलाइ संक्रमण देखिएपछी अब समुदायमा काेराेना संक्रमण भयावह हुने स्वास्थ्यकर्मीले विश्लेषण गरेका छन् । एक स्वास्थ्यकर्मीका अनुसार कन्ट्रयाक ट्रेसिङ मा समस्या हुने देखिन्छ । दमकमा समुदायमा कोरोना देखिन शुरु गरेको सातादिन भएपनि पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना सक्रमण देखिएको हो ।
याे फार्मेसी दमककै ठुलाे र ब्यस्त मध्ये मानिन्छ । संक्रमण देखिएसँगै त्यहाँ अाउने चिकित्सक र स्वास्थ्यकर्मीकाे पनि पीसीआर परीक्षणक लागि लगत लिने काम शुरु भइसकेको जनाईएको छ ।

दमक नगरपालिकाले कोरोना संक्रमण रोक्नका लागि दमकका अस्पताल तथा क्लिनिकहरुको ओपिडि सेवा पनि बन्द गर्न भनेको थियो । तर दमक फार्मेसीले आज बिहान सम्म पनि ओपिडिको पुर्जा काटेको प्रमाण फेला परेको छ ।
उनि सहित आज दमकमा १६ जनामा सँक्रमण पुष्टी भएको छ । १६ मध्ये ६ जना बिद्युत प्राधिकरणका कर्मचारी, ८ जना क्वारेन्टाइन मा बसेका ब्यक्ती र अन्य २ जना समुदाय स्तरका ब्यक्ती छन् ।