पुस २ गौरीगञ्ज । एक सातादेखि दमकमा फोहोर नउठेपछी सुन्दर समाज नेपाल सँस्थाले फोहोर उठाएर नगरपालिकाको कार्यालय अगाडी राखेको छ । नगरको फोहोर व्यवस्था गर्न नगरपालिकाको नेतृत्व उदासिन बनेको आरोप लाउदै राष्ट्रिय स्वतन्त्र पार्टी र समाजले बिहानैदेखि दमकमा फोहोर उठाएका थिए ।
नगरपालिकाले फोहोर व्यवस्थापनमा गैह्र जिम्मेवार भएको आरोप उनीहरुले लगाएका छन् । फोहोर व्यवस्थापन गर्न दबाब दिदै उठाएर ४ ट्याक्टर फाहोर नगरपालिकाको प्रवेशद्वारमै लगेर राखेका छन् । समाजकी अध्यक्ष बिन्दु सिटौलाले नगरपालिकाका जनप्रतिनिधिले फोहोर व्यवस्थापन गर्न नसकेको बताइन् । नगर प्रमुखले उठाएको फोहोर लगेर व्यवस्थापन गर्न भन्दै गैह्र जिम्मेवार जवाफ दिनुभयो,–सिटौलाले भनिन्– फोहोरको उठाउने र व्यवस्थापन गर्ने काम नगरपालिकाको हो ।
नगरको फोहोर उठाउने जिम्मेवारी पाएको नेक्स्ट इरा इनर्जीले ल्याण्डफिल्ड साइटको व्यवस्थापन नहुँदा फोहोर फाल्न नसकिएको जनाएको हो । नगरपालिकाले फोहोरको व्यवस्थापन गर्ने स्थान तोकिदिए फोहोर व्यवस्थापान गर्न सकिने बताउदै आएको छ । नगरपालिकाले हम्से दुम्से सामुदायिक बन उपभोक्ता समितिको क्षेत्र भित्र ल्याण्ड फिल्ड साइट व्यवस्थापन गर्ने तयारी गरे पनि बन समितिले भने फाल्न नदिने निर्णय गरेको छ । तर नगरपालिकाले खोला उकास जमिन र बन क्षेत्र (रुख नभएको) क्षेत्रमा फोहोर व्यवस्थापनको तयारी गरेको छ ।
यस सँगो अघि साँझ नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै फोहर ब्यवस्थापन प्रति नगरपालिका गम्भिर रहेको बताएका छन् ।