कार्तिक १८ गौरीगञ्ज । दमकल खरिदका लागि जनदबाब बढेपछी गौरीगञ्ज गाउँपालिकामा आज कार्यपालिका बैठक डाकिएको थियो । बैठकले दमकल खरिदको निर्णय कार्यन्वयनका लागि कार्तिकको अन्तिम साता बिशेष गाउँसभा आब्हान गर्ने निर्णय गरेको छ यद्यपी कुन मितीमा गाउँसभा बस्ने भनेर तय नगरिएको कुरा एक कार्यपालिका सदस्यले बताएका छन् ।
बैठकमा कार्तिकको अन्तिम साता गाउँसभा बोलाउने निर्णय भयो अब अध्यक्षले मिती तय गरेर आब्हान गर्नु हुन्छ – ति कार्यपालिका सदस्यले बताए । उनका अनुसार बैठकले बिशेष गाउँसभाका लागि कार्तिक २८ गतेको मिती प्रस्ताब गरेको छ तर यै मितीमा भनेर निर्णय भएको छैन ।
बैठकले गाउँपालिकाका बितरण मुखि कार्यक्रमहरुका बजेटहरु कटौति गरेर दमकल खरिद तथा सँचालनका लागि रु १ करोड बिनियोजन गर्ने प्रस्ताब समेत गरेको कुरा श्रोतले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्