माघ २७, झापा । दमकमा आजदेखि चिचिरी,गेन्द्राे महोत्सब ( धिमाल फूड फेस्टिवल ) शुरु भएको छ । , प्रदेश-१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले चेरामा दियाे बालेर तथा “धिमाल फुड फेष्टिवल”लेखिएको बेलुनकाे पुञ्जलाई उडाएर महोत्सव को उद्घाटन गरेका छन् ।
महोत्सव फागुन १ गते सम्म ५ दिन जारी
फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० ओटा स्टल रहने छन् भने ति स्टलमा विभिन्न जातिय खानाहरु विक्री तथा प्रदर्शन गरिने छ । फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकालहरुको प्रस्तुती रहने केन्द्रका केन्द्रिय सदस्य मणिराज धिमालले जानकारी दिए । चिचिरी धिमाल समुदायमा विसेश प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रिय सदस्य अजितकुमार धिमालले जानकारी दिए । धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले जनाए । दमक नगरपालिकाको मुख्य प्रायोजन रहने फेष्टिबललाई झापा तथा मोरङ्का विभिन्न स्थानीय तहले सहयोग गरेका छन् ।