असोज १९ झापा, । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओली र गौरादह नगरपालिकाका मेयर रोहित साहकी श्रीमतीलाइ कोरोना सँक्रमण पुष्टी भएको छ । काेटिहाेमकाे प्रयाेगशालामा शनिबार गरिएको परिक्षणका क्रममा दमककामेयर ओली ओलीकी श्रीमती मा संक्रमण पुष्टि भएको छ । छाेरा अनिलले फेसबुकमा स्टाटस लेख्दै आइतबारकाे रिपोर्ट अनुसार आमा संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । उनि आम्दा अस्पतालमा उपचाररत छन् । उनमा सामान्य लक्षण समेत देखिएका छन ।
त्यसैगरी गौरादहका मेयर साहकी श्रीमतीलाइ पनि हिजै कोरोना सँक्रमण पुष्टी भएको बुझिएको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत उनमा संक्रमण देखिएकाे हाे । श्रीमतिमा संक्रमणदेखिएसँगै प्रमुख शाह हाेम क्वारेन्टाइनमा बसेकाे गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जनाएका छन् । उनकाे स्बाब संकलन गरिएकाे र सम्पर्कमा रहेकाहरूकाे समेत स्वाब परिक्षण गर्ने उनले बताए ।