कक्षा १२ को परीक्षा दिएर फर्किएकी एकजना क्षात्रा माथि झापाको दमकमा गोली प्रहार भएको छ । हिमालय माबि दमकमा अध्ययन रत उदयपुरकी एनिका अधिकारी माथि आज दमकमा गोली प्रहार भएको हो ।
सप्तरीका अमित कुमार यादबले बाटो ढुकेर अधिकारी माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अधिकारीको पेटमा गोलीको छर्रा लागेको र उनको दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भएरहेको प्रहरीले जनाएको छ । अधिकारीमाथि दमक ५ स्थित जेष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको र गोली प्रहार गरि यादब फरार भएको जनाइएको छ । घटनाको कारण खुलेको छैन भने घटनाको अनुसन्धान र दोषिको खोजि कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।