असाेज १९:, दमक । झापाको दमक नगरपालिकाका प्रमुख राेमनाथ ओलीमा काेराेना संक्रमण पुष्टि भएको छ । उनमा साेमबार कोरोना सँक्रमण पुष्टि भएको हाे । मेयर ओलीकी श्रीमती लिलामा हिजो संक्रमण देखिएको थियोे ।त्यसै गरी दमक १० का वाडाध्यक्ष बाेधराज न्याैपानेलाई समेत संक्रमण देखिएको छ । पदाधिकारीलाई काेराेना देखिएपछी दमक नगरपालिका र सबै वार्ड कार्यालय असाेज २३ गतेसम्मका लागि बन्द गरिएका छन । नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिका र सबै वडा कार्यालय हरु असोज २३ सम्मका लागि बन्द गरिएको जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्