थ्रेसरमा परेर सुरुङ्गामा एकको मृत्यु

पढ्न समय: 1 मिनेट

१४ भदौ सुरुङ्गा । चलिरहेको थ्रेसर मेशिनमा टाउको परेर आज दिउँसो २ बजे सुरुङ्गामा एक जना ट्याक्टर चालकको घटना स्थलमै ज्यान गएको छ ।
कनकाई नगरपालिका २ निवासी अन्दाजी २३ बर्षिय ट्याक्ट्रर चालक विकास लिम्बुको घटनास्थलमै ज्यान गएको हो । कनकाई २ सुरुङ्गामा स्थानीय हरि कार्कीको गाइगोठमा च्याउँ रोप्नका लागि पराल काट्ने बेला थ्रेसर मेशिन चलिरहेको बेला थ्रेसरको अचानक नट बल्टु खुस्किएर थ्रेसर माथि बसिरहेका विकासको टाउको थ्रेसर मेशिनमा परेर टाउको काटि घटनास्थलमै मृत्यु भएको थियो । उक्त पराल स्थानीय जीतबहादुर श्रेष्ठको भएको गोठ संचालक हरिकुमार कार्कीले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्