तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

पढ्न समय: 1 मिनेट


१६ साउन, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुस रकमसहित पक्राउ परेका छन् ।
तुलसीपुरबाट काठमाडौं जाँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलेउनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।
घुस लिएर काठमाडौं जाँदै गरेको सूचनाका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उपाध्यायसँग १ लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरेको छ । सो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारले दाबी गरेको छ ।
यसैबीच, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले प्रमुख प्रशासकीय अधिकृतले आफुलाई काठमाडौ जान लागेको बारे जानकारी नै नगराएको बताए । अख्तियारको नियन्त्रणमा परेको समाचार अरुबाट थाहा पाएपछि मात्रै काठमाडौं पुगेको आफुलाई यस विषयमा जानकारी भएको बताए ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्