तीजको रहर आयो बरि लै … जुन गीत नबजि तीज आए जस्तै हुदैन

पढ्न समय: 4 मिनेट

हरेक बर्ष तिजका नयाँ नयाँ गीतहरु आउने गर्छ । दर्जनौ नयाँ तिजका गीत हरु बर्षेनी युट्युवमा अपलोड हुन्छन् । केहि गीतहरु हिट पनि हुन्छन् तर सार्बजनिक भएको बर्ष जतिनै हिट भएपनि त्यो गीत अर्को बर्षको तीजमा प्राय हराउछन् । तर नेपाली गीत सँगितमा एउटा तिजको यस्तो सदाबहार गीत छ , जुन गीत नबजि कुनै पनि बर्षको तिज जादैन ।‌ चालिसको दसकमा रिलिज भएको चलचित्र कन्यादान को “तिजको रहर आयो बरी लै” गीत हरेक बर्षको तिजमा उतिकै बज्ने गर्छ । चेतन कार्कीको शब्द मनोहारी सिँहको सँगित र दिपा झा तथा शुष्मा श्रेष्ठको स्वरमा रहेको यो गीत नबजि हरेक बर्षको तिज, तिज जस्तै लाग्दैन । सदाबहार गीत त उही ‘तीजको रहर आयो बरी लै’ नै हो। यति धेरैले मन पराएको र हरेक वर्ष बज्ने गीत भए पनि अचम्मको कुरा के भने यो गीत धेरैले गलत गाउने गर्छन्। यो गीतका वास्तविक शब्दहरु धेरैलाई थाहै छैन। यस गितका बारेमा नेपालको चर्चित ब्लग माइसँसार डटकमले त एउटा ब्लग नै तयार पारेका छन् ।
गीतको सुरुको बोलदेखि नै गलत बुझाई छ। खासमा ‘तीजको रहर आयो बरी लै’ हो। तर कतिपयले गाउँदा ‘तीजको लहर आयो बरी लै’ पनि भन्ने गर्छन्। तीजको ‘लहर’ त कसरी आउँछ र, ‘रहर’ चाहिँ आउने हो।
२०७० साल ताका गायिका मञ्जु थापाले यो गीतको रिमिक्स भर्सन पनि बजारमा ल्याएको देखिन्छ । तर त्यसमा पनि शब्दहरु गलत प्रयोग गरिएका छन् ।

तँ बढी जान्ने भएको? तँलाई चाहिँ कसरी थाहा भो के हो भनेर सोध्नुहोला। यो गीत लेख्ने चेतन कार्की हुन्। उनैले भनेको कुरा त पत्याउनु हुन्छ होला नि। कार्कीले नै यहाँ भने अनुसार ‘तीजको रहर’को अर्थ माइती जाने, आमा भेट्ने, घरको गुनासो गर्ने, दर खाने आदि हो भनेर माइसँसार डटकमले लेखेका छन्‌।‌
गीत सुरु हुन्छ ‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’बाट तर यसलाई केहीले ‘गाउँ सहर खोलेर’ देखि ‘गाउँ सहर छोडेर’समेत गाउने गरेका छन्।

- Advertisement -
Ad image

‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’ पछिका शब्दमा पनि कन्फ्युजन धेरै छ। धेरैले ‘नाचौँ न मिलेर नाम लिई सैनी’ भन्ने गर्छन्। त्यसो हैन, गीत लेख्ने चेतन कार्कीका अनुसार ‘नाचौँन मिलेर दामली सैनी’ हो।
के हो त दामली भनेको? नाम लिई भनेको भए अर्थ पनि छ। दामलीको अर्थ के ? गीतकार कार्कीका अनुसार ‘दामली’को अर्थ ‘उमेर मिल्ने कोही’ हुन्छ। अनि सैनी भनेको नि? – माइसँसार डटकम‌ लेख्छन् सैनीको अर्थ भने गण्डक क्षेत्रमा ‘मितिनी’ हो।

गीत का अरिज्नल शब्द यस्ता छन् । –

गाऔँ स्वर खोलेर दिदी र बैनी
नॉचौ न मिलेर दामलि सैनी
तीज को रहर आयो बरिलै २
गाऔँ स्वर खोलेर दिदी र बैनी
नॉचौ न मिलेर दामलि सैनी
तीज को रहर आयो बरिलै २

नौ डॉडा काटेर गएका चेली
भाग्यले भेट्न पाएछौँ फेरि
नौ डॉडा काटेर गएका चेली
भाग्यले भेट्न पाएछौँ फेरि
को कहॉ पुग्ने हो केहि थाहा छैन
आगुम भेट फेरी हुने हो हैन
मन को धोको पुर्याइ गाऔँ
स्वर मा स्वर मिलाई गाऔँ
तीज को रहर आयो बरिलै २

भदौरे भेल ले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई टेक्न
भदौरे भेल ले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई टेक्न
बिर्सेर आजलाई कर्करे सासु
अामाजु नन्दले दिएका अॉसु
छिडकेरी मारेर खेलौ न आज
सकस नमानी बिर्सेर लाज
तिजको रहर आयो बरि लै
तिजको रहर आयो बरि लै

विसासै बर्ष नी हाम्रा यी माईती
बाबा र आमा नि दाजै र भाई ती
गर्दछौँ बिनती महादेव हामी
गर्दछौँ बिनती महादेव हामी
गर्दछौँ बिनती महादेव हामी
जुग जुग बॉचुन् शिरका स्वामी
निर्जल बसेर लिएको बर्त
सफल पारिदेउ हे दु:ख हर्ता
तीज को रहर आयो बरिलै
तीज को रहर आयो बरिलै
गाऔँ स्वर खोलेर दिदी र बैनी
नॉचौ न मिलेर दामली सैनी
तीज को रहर आयो बरिलै (६)

अहिले म्युजिक नेपालले यसको लिरिकल भिडियो पनि यु ट्युबमा अपलोड गरेको छ । सुन्नुहोस र शब्द पढ्नुहोस

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्