तिब्र गतिले दुर्घटना: एकको मृत्यु

पढ्न समय: 1 मिनेट

माघ २४, मोरङ । मोटरसाइकल दुर्घटनामा परी मोरँगमा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी सुन्दरहरैंचा–३ बस्ने वर्ष ३७ को रविन पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दरहरैंचा–३ कोचनीस्थित भित्री पक्की सडक खण्डमा प्रदेश न. १ –०२–०४६ प २०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
टाउको तथा मुखमा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि न्यूरो अस्पताल लगिएको तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिमा मोटरसाइकल चलाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्