तालिमका नाममा भेडेटार घुम्न जादै गौरीगञ्जका जनप्रतिनिधि
जेठ १ झापा । त्यसो त गौरीगञ्ज गाउँपालिकाले जनताको तालिम सभा गर्न गौरीगञ्ज मै आधा दर्जन जति सामुदायिक भवनहरु बनाएका छन् । यस बाहेक तालिम सेमिनारका लागि अन्य केहि हलहरु गौरीगञ्ज क्षेत्र मै उपलब्ध छन् । तालिम सेमिनार जस्ता कार्यक्रमहरुको अभावमा गौरीगञ्जका सामुदायिक तथा सभा हलहरुमा महिनौ देखि बन्द छन् तर गौरीगञ्ज गाउँपालिकाका जनप्रतिनिधिहरुले ति हलहरुलाइ सञ्चालनमा ल्याउनको साटो तालिम आयोजना गर्न सुनसरीको पर्यटकीय क्षेत्र भेडेटार जाने भएका छन् ।
जनप्रतिनिधिहरुको क्षमता बिकास तालिमको आयोजना गर्न भोली शुक्रबार गौरीगञ्जका जनप्रतिनिधिहरु भेडेटार जाने कायक्रम रहेको श्रोतले बताएको छ । केहि अधिकृत स्तरका कर्मचारीहरु सहित जनप्रतिनिधिहरुको जम्बो टोली भोली शुक्रबार देखि आइतबार सम्म भेटेटारमा रमाउने छन् ।
भेडेटारको एक रिसोर्टमा तालिमको आयोजना गरिएको कुरा एक जनप्रतिनिधिले बताए । जनस्तरबाट आलोचना हुने डरले कार्यक्रम गुपचुप राखिएको छ । यस कार्यक्रमका लागि रु ८ लाख रुपैया बिनियोजन गरिएको छ भने क्षमता अभिबृध्दि तालिम भनिएपनि यो कार्यक्मको उद्दश्य भने घुमघाम रहेको बुझिएको छ । योजना किताबमा यस तालिमको लागि रु ५ लाख रुपैया बिनियोजन गरेपनि ३ लाख थप गरि ८ लाख पुर्यायएको श्रोतको दाबि छ ।
गौरीगञ्ज गाउँपालिका भित्र प्रदेश सरकारले बनाइ दिएको २ वटा सभाहल छ । त्यस्तै गाउँपालिकाकै बजेट बाट निर्माण भएको उद्योग बाणिज्य सँघको हल पनि २ सय ब्यक्ती अट्ने क्षमताको रहेको छ । यसबाहेक खजुरगाछी शिवालय मन्दिर आठमौजा सहकारी लगायत आधा दर्जन जति सस्ता र सुबिधा सम्पन्न हलहरु छन् । तालिम आयोजना गर्न यति धेरै हलहरु रहेता पनि यहाँको ब्यापार र पर्यटनलाइ नै असर पुग्ने गरि गौरीगञ्ज स्थानिय सरकारका जनप्रतिनिधिहरु नै बाहि गएर तालिम आयोजना गर्नुलाइ क्षमता अभिबृध्दी नभइ मोजमस्ति को रुपमा लिन सकिन्छ ।
गत बर्षपनि जनप्रतिनिधि तथा कर्मचारीहरु क्षमता बिकास तालिमको नाममा कार्यालय नै बन्द गरेर मोजमस्ति गर्न इलाम पुगेका थिए ।
तालिमको नाममा लाखौ रुपैया खर्च गरेर मोजमस्ति गर्न जाने जनप्रतिनिधिहरुले गत बर्ष तालिममा के कस्तो कुरा सिके वा के कस्तो प्रगती भयो भनेर अहिलेसम्म प्रतिवेदन समेत सार्वजनिक गरेका छैनन् ।