चैत २२ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं १ का पुराना कर्मचारी पथारु राजवंशी को बिदाई गरिएको छ । तत्कालीन महाभारा गाबिस हुदै खेरि २०४९ साल बाट अस्थायी र २०५१ साल फागुन १ गते बाट स्थायी जागिरे जीवन शुरु गरेका उनले २०७४ फागुन २६ गते देखि महाभारत गाबिस गौरीगञ्ज गाउँपालिका भित्र बिलय भएपछि वडा नँ १ मा कार्यालय सहयोगी का रुपमा हालसम्म सेवारत थिए । महाभारा गाबिस बिलय भएर गौरीगञ्ज गाउँपालिका को वडा नंवर १ बनेको हो ।

gd

बुधबार गाउँपालिका को सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उनलाई उपादान सहित बिदाई गरिएको छ । गाउँपालिका अध्यक्ष फुलबती राजवँशी, उपाध्यक्ष पुजन न्यौपाने कुँवर र प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ तथा सहकर्मी कर्मचारी हरुले ले मायाको चिनो खादा र उपादान रकमको चेक सहित बिदाई गरेका छन् ।
२०४९ सालमा अस्थायी जागिरे जीवन शुरु गर्दा उनको तलब मासिक रु ९ सय मात्र थियो २०५१ सालमा स्थायी हुदा उनको तलब मासिक रु १ हजार ५ सय भएको स्मरण उनि सुनाउछन् । २० बर्षे लामो जागिरे जीवन उनले एउटै कार्यालय मा बिताएका छन् । बिदाई हुँदै गर्दा उनले आफ्नो बिदाई मन्तब्य मार्फत कर्मचारी साथी हरुलाई जनताको काम इमान्दारीपूर्वक गर्नु पर्ने सन्देश दिएका छन् ।

कुनै समय आफु र पथारु राजवंशी ले एउटै कार्यालय मा ५ बर्ष काम गरेको स्मरण गर्दै हालका गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले राजवंशी ले आफ्नो सेवा अवधि भर सेवाग्राही लाई स्वच्छ सेवा प्रदान गरेको बताएका छन् ।‌ ” पथारु दाईको कार्य दक्षता यस्तो थियो कि कोइ कोइ सेवाग्राही ले वडा सचिव वहाँ नै हो कि भनेर झुक्किन्थे ” – उपाध्यक्ष कुँवरले भने । २०७० साल देखि ७५ साल सम्म उपाध्यक्ष कुँवर तत्कालीन महाभारा गाबिस मा एलजीसीडिपी अन्तर्गत को सामाजिक परिचालकका रुपमा कार्यरत थिए । अध्यक्ष राजवंशी ले समेत उनको कार्यदक्षता को प्रसँशा गरेका छन् ।