असोज १५, गौरीगञ्ज । डेङ्गु रोग महामारी का रुपमा देशभर फैलिन थालेपछि गौरीगञ्जमा सो रोग सँबन्धि सचेतना जगाइएको छ । झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज को समन्वय र गौरीगञ्ज गाउँपालिका, स्वास्थ्य शाखा गौरीगञ्ज , ईलाका प्रसाशन कार्यालय, रेडक्रस सोसाइटी, ईलाका प्रहरी कार्यालय तथ सहारा नेपाल को सहकार्य माआज गौरीगञ्ज र खजुरगाछी बजार मा घरदैलो गरि पानी जम्ने स्थान हरुको अनुगमन गरि स्थानीय हरुलाई सचेतना गराईएको छ ।


अगुगमनका क्रममा बजारका केहि मोटरसाइकल ग्यारेज हरुमा राखिएका ड्रम तथा टायरहरुमा जमेको पानीमा डेङ्गु फैलाउने एडिस जातका लामखुट्टे हरुको लार्भा भेटिएको र त्यस्ता ड्रम तथा टायरमा पानी हरु पोखाएर सचेत गराइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र ले जनाएका छन् ।

सचतना मुलक पोस्टर टाँस्न


डेङ्गु फैलाउने एडिस जातको लामखुट्टे जमिनमा जमेको पानीमा फुल पार्दैन । यो लामखुट्टे ले भाडाकुडा, गमला बोतल टायर लगायतका चिजहरुमा जमेको पानीमा फुल पार्ने भएकाले घर वरपर भएका खाली बोतल, फुलका गमला, फालिएका भाडाकुडा, प्लाष्टिक टायर आदिमा पानी जम्न दिनु नहुने कुरा मिश्रले बताए । यो रोग लागेपछि डाक्टरको सल्लाह बिना सिटामोल बाहेक कुनै पनि औषधि खान नहुने समेत उनले बताए ।

३ नँबरका वडाध्यक्ष श्रवण गिरी ले काठमाडौं बाट आएकी वडा नं ३ कि एक जना महिला मा यो रोग देखा परेका ले सचेत भइ घर भित्र र बाहिरका भाडाकुडा प्लाष्टिक आदिमा लामो समय पानी जम्न नदिन र जम्ने स्थान मा हरेक दिन पानी फेरि रहन अनुरोध गरेका छन् ।

वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी वडा नं ६ का वडाध्यक्ष बद्री नारायण यादव, उद्योग वाणिज्य संघ गौरीगञ्ज का अध्यक्ष मखना महतो, स्वास्थ्य शाखा का प्रमुख रामचन्द्र मिश्र, बिओपी खजुरगाछी का प्रमुख केदार जँग थापा, आधारभुत अस्पताल गौरीगञ्जका प्रमुख अनुप शर्मा, लगायत स्वास्थ्य कर्मी तथा स्वास्थ्य स्वयं सेविका हरुको उपस्थिति मा घरदैलो तथा सचेतना कार्यक्रम गरिएको थियो । वडा नं १ को कुञ्जिबारी बजारमा पनि आजै र अन्य वडाहरुमा हिजो घरदैलो तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।