डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ मुल्य घट्यो

पढ्न समय: 1 मिनेट


पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार पेट्रोलियम पदार्थमा कर छुट दिने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

- Advertisement -
Ad image

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्