
।
रबिन्द्र बराल
भदौ २१, रँगेली । डायनामिक मोरङ कमिटी द कोरियाको ले रँगौली ३ रञ्जनीकी एक अपाँगताभएकी किशोरीलाइ आर्थिक सहयोग गरेकाछन् । सँस्थाको माेरङकाेे रंगेली नगरपालिका ३ स्थित रंन्जनि चाेक नजिकै बसाेवास गर्दे आएका चेतनाथ दाहाल का १६ बर्षकि छाेरी कन्चन दाहाल लाइ नगद रु ४२ हजार ३ सय रुपैंया सहयोग गरेको हो ।

तीन बर्षकाे उमेरमा ढाडमा पिलाेे आएपछि उनका परिवार लेे डाक्टर काे सल्लाह अनुसार ढाड मा भएको पिलाे काे अप्रेसन गराए पछि कन्चन काे शरिरकाे खुट्टा तथा सबै भाग अपाङ हुनु परेको थियो । उनी अहिले हुईलचियर काे साहारमा आफ्नो समय बिताउन बाध्य रहेकि छन । उनकाे अवस्था देखेर डायनामिक मोरङ कमिटी द कोरियाको ले उनकाेे घर पुगेर आर्थिक सहयोग गरेको छ । उनको घर पुगेर परिवारलाई आइतबार सो रकम प्रदान गरेका हुन् । । उक्त रकम बालिका काे पालनपोषण का लागि हस्तान्तरण गरिएको पुर्व सदस्य टंक श्याम भट्टराई ले बताए । कार्यक्रममा बडा अध्यक्ष घन्श्याम पनेरु , स्थानीय बिकास सिवाकोटी , मंच का पुर्व सदस्य टंक बानियाँ लगायत काे उपस्थिति समेत रहेको थियोे ।