ठेकेदारले बाहिरको कामदार ल्याएपछी तुलार्चौन क्षेत्र आतँकित

पढ्न समय: 1 मिनेट


७ भदौ गौरीगञ्ज । हुलाकी सडक निर्माणका लागि ठेकेदार कम्पनीले बाहिरको कामदार ल्याएपछी आइतबार गौरीगञ्ज २ तुलार्चौन क्षेत्र आतँकित बनेको छ । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरमा समेत तिब्र रुपमा फैलिरहेको बेला आइतबार एकाबिहानी टिप्परमा चढाएर ६० भन्दा बढि बाहिरको कामदार ल्याएर तुलार्चौन मा उतारेपछी सो क्षेत्र आतँकित बनेको हो ।

फायल तस्बिर

गौरीगञ्जमा समेत समुदाय स्तरमा सँक्रमण देखिएपछी जिल्ला प्रसासन कार्यालय झापाले गौरीगञ्जका ४ वटा वडाहरु मा निषेधाज्ञा समेत जारी गरेको छ भने वडा नँ १ मा स्थानिय सरकारले सील गरेको छ । यस्तो त्रासको बेला पनि ठेकेदार ले बाहिरबाट कामदार ल्याएर गाउँमा आतँक सिर्जना गरेको र स्थानिय प्रसासनले समेत चासो नलिएको स्थानियहरुले बताएकाछन् । तर ठेकेदार कम्पनी गजुरमुखि मोतिदान जेभिका तर्फबाट हुलाकी सडक प्रोजेक्ट इन्चार्ज दिपक श्रेष्ठले जिल्ला बाहिरबाट नभएर झापा गाउँपालिकामा काम गरिरहेका कामदारहरुलाइ उता काम सकिएकोले यता काम गर्न ल्याएको कुरा बताएका छन् ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्