रबिन्द्र बराल
बैशाख ५, मोरँग । हुलाकी सडक निर्माण मा ठेकेदार कम्पनी को लापरवाहीले एक युवाको ज्यान गएको छ । हुलाकी सडक निर्माण का क्रममा ठेकेदार कम्पनी गजुरमुखि मोतिदान जेभि कन्ट्रक्सन ले सडकमा कल्भट बनाउदा ट्राफिक मुलक सचेताना तथा साईन बाेड नराख्दा एक युवक काे मृत्युु भएको छ । रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत धनपालथान गाउँपालिका ४ स्थित भलुवा चाेक नजिकै बनाउदै गरेकाे कल्भटमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको काे २७ प ६४५९ नम्बरको माेटर साईकल दुर्धटना हुदा रंगेली नगरपालिका ३ मंङगलबारे बस्ने बर्ष २५ काे भाेला शर्मा काे घटना स्थलमै मृत्युु भएको छ । माेटरसाईकलमा पछाडि सवार रंगेली ३ बस्ने बर्ष २४ का कसमिक मुर्मु घाइते भएको र उनको न्युराे अस्पतालमा उपचार भइरहेको स्थानीय सुभाष सिग्देलले बताए । उनकाे बुबा का अनुसार शनिबार राति ९ बजे आफुले फाेन गर्दा मृतक शर्मा कर्सिया बजारमा रहेको तर आईतबार बिहान ५ बजे स्थानीयले उक्त कल्भटमा देखेपछि उनलाई खवर गरेको थिए । मृतक काे डेढ बर्षकाे छाेरी र श्रीमती गर्भवती समेत रहेको उनका बुवा राजेन्द्र शर्मा ले बताए
पछिल्लो समयमा गजुरमुखी जेभि ले सडक फराकिलो पार्ने का लागि साविक सडक लाई दाँयाबाँया मा उक्त कम्पनी ले पुरानो माटाे लाई हटाएर नयाँ माटाे हाल्नका लागि उक्त ठाउँमा अहिले तीन फिट गहिराेे बनाएर छाडेेकाे कारण ले समेत दुर्घटना बडदै गएकाे छ। ३ महिना दिन बितिसक्दा समेत उक्त ठाउँ हरु मा समयमै नयाँ माटाे नहाल्दा घुमाैराे तथा साघुराे भएको साे सडकमा दुर्घटना निम्तियाउने सम्भावना बडदै जाँदा समेत ठेक्क्दार कम्पनी हरुले कुनै चासाे नदेखिएको मनाेज पासवान ले बताए । अहिले गजुरमुखि ले हुलाकी सडक बनाउने क्रममा सुनवर्सि नगरपालिका, धनपालथान गाउँ पालिका र रतुवामाई नगरपालि भित्र निर्माणकार्य गरिरहेता पनि साे कम्पनीको लापरबाही का कारण सडकमा दुर्घटना काे उच्च जाेखिम रहेको छ । दुई महिन अगाडि समेत सुनवर्सिकाे भेडुवाथान नजिकै बिराटनगर काे स्कुल बस सडक काे दायाँबायाँ बनाएकाे खाल्डो मा समेत पल्टिँदा १२ जना बिधार्थि समेत घाइते भएका थिए । यसरी दुर्घटना निम्त्याउने सम्धित ठेक्केदार कम्पनी लाई समयमै कार्वाही नगरे साे ठाउँमा ठुलो दुर्घटना हुन सक्ने देखिन्छ उक्त बिषयमा सम्धित निकाले समयमै ध्यान दिन जरुरी छ ।