ठेकीटोला सहकारीको रक्तदानमा ५५ प्रिन्ट रगत सँकलन
बैशाख २० झापा । गौरीगञ्व ३ स्थित ठेकीटोला कृषि सहकारी सँस्थाले आयोजना गरेको रक्तदान कायक्रममा ५५ प्रिन्ट रगत सँकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरीगञ्ज को पेराबिधिक सहयोगमा भएको रक्तदानमा स्थानिय ५५ जना युवा तथा सुरक्षाकर्मीहरुले रक्तदान गरेका थिए ।
ठेकीटोला सहाकारीका अध्यक्ष सुशिल राइको सभापतित्वमा भएको कार्यक्रममा वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी रेडक्रस गौरीगञ्जका सभापती यादव रिजाल लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्