• चैत्र ९, २०७७
  • Madan Rajbanshi
  • 0

झापा, चैत ९ । झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी ४८ वर्षीय सुशील राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । श्रीमती कमला राजवंशीसंग मे ७ प ४९४१ नम्वरको स्कुटरमा सवार उनलाई ना १ ख ९६२५ नम्वरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदैै गरेका राजवंशी दम्पत्ती सवार स्कूटरलाई विपरित दिशाबाट जाँदै आउँदै गरेको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते कमलाको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिदिन चेलि डटकमबाट