रबिन्द्र बराल
चैत, १४ रँगेली । माेरङकाे रंगेली मा रहेको टाईम्स अस्पताल ले एक दिने निशुल्क शिविर गरिएको छ । रतुवामाई नगरपालिका ३ स्थित पिढालीमा रहेकाे भानु प्राथमिक बिधालय स्वास्थ्य शिविर काे आयाेजना गरिएको थियोे । साे शिविरमा वरडङ्गा,महादेवा, र सिमावर्ति क्षेत्रमा रहेका बालबालिका, बृद्ध, बृद्धा हरुले स्वास्थ्य परिक्षण गराएका थिए । अहिले गर्मि महिना सुुुुरु भएको हुनाले स साना बालबालिका हरुलाई बडि मात्रामा ज्वर ,रुघाखोकी , स्वासप्रस्वास तथा बृद्ध हरुमा हात खुट्टाका जाेडनि बडि मात्रामा देखा परेेेकाे कुरा आयोजकले जनाएको छ ।‌ सिविरमा अस्पताल ले स्थानीय हरुकाे सुगर काे समेत निशुल्क परिक्षण गरेकाे थियो । साे शिविरबाट २ सय जना बिरामी हरु लाभान्वित भएका कुरा अस्पताल ले जनाएका छन् । शिविरमा डाक्टर प्रेम निराैला, डाक्टर अशेक ठाकुर , डाक्टर कृृृृतिका श्रेष्ठ , डाक्टर मदन कुुुुमार, डाक्टर स्वेेेता सुव्वा लगायत डाक्टर हरुले दाँत,नाक , तथा महिला हरु काे पाठेघर सम्धधित चेक जाँच समेत गरेका थिए। अस्पताल ले बिरामी हरुलाई निशुल्क अाैषधि समेत बितरण गरिएको टाईम्स अस्पताल का मेनेजमेन्ट प्रमुख पारस मंन्डल ले बताए । बडा अध्यक्ष बुलन्द प्रसाद सिहं ले भने काेराेनाकाे पुनः महामारी सुरु भएता पनि यसरी गाउँ आएर स्वास्थ्य शिविर गरेकाे मा यस भेगमा स्थानीयले निशुलक उपचार गरिदिएकाेमा आफू हरु असाध्यै लाभान्वित भएको उनलेे बताए ।