कार्तिक १ गौरीगञ्ज । पुर्वका चर्चित गायक गायिका टँक बुढाथोकी र कबिता शिबाकोटीको नयाँ म्युजिक भिडियो “झिमझिम परेली” शनिबार सार्वजनिक भएको छ ।
गायक टँक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट शनिबार दिउसो सार्बजनिक भएको सो म्युजिक भिडियोले अपलोड भएको ५ घण्टा बित्न नपाउदै १ लाख २५ हजार भ्युज पाइ सकेको छ ।
सुनिल थापाले कोरियोग्राफी गरेको म्युजिक भिडियोमा पल शाह, शेसा पौडेल, अशोक दर्जी र सलिजा ओली अन स्क्रिन देखिएका छन् । गीतमा शब्द र सँगीत टँक बुढाथोकीकै रहेको छ भने सो गीतलाइ स्टुडियो नाइन मा रेकर्ड गरिएको छ । भिडियोमा सिनेमाटोग्राफी उत्तम हुमागाइको रहेको छ भने सो म्युजिक भिडियोलाइ नितिन चन्दले निर्देशन गरेकाछन् ।
प्रतिक्रिया लेख्नुहोस्