स्याङजाकी एक महिलाले धरानबाट झुटो विवरण पेसगरी नागरिकता निकालेको खुलेको छ ।
स्याङजाको पुतली बजार नगरपालिका की मञ्जु क्षेत्री नाम गरेकी ती महिलाले धरान ९ बाट मञ्जु सेजुवालको नामबाट नागरिकता लिएको खुलेको हो ।
दुईवटा नागरिकता लिएको भन्ने गोप्यासुचनाका आधारमा स्याङजामा पक्राउ गरेकी उनले २०७५ साल माघ ८ गते वडा नम्बर ९का वडाध्यक्ष रत्न कटुवालको सिफरीसमा नागरिकता लिएको खुलेको इलाका प्रहरी कार्यालका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जनाएका छन ।
बस्नेलले भने ‘ जिल्ला प्रहरी कार्यालय स्याङजाले पक्राउ गरेको रहेछ । धराबाट झुठो विवरण पेसगरेर ननागरिकता लिएको खुलेपछि हामीलाई पठाएको छ ।’
पक्राउ परेकी क्षेत्रीलाई स्याङजा प्रहरीले इलाका प्रहरी कार्यालय धरानलाई बुझाएसंगै झुठो विवरणसहित नगरिकताको सिफरीस गर्ने धरान ९ का वडाध्यक्ष कटुवाललाई पक्राउ गर्नकालागी जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेको छ ।
पक्राउ पुर्जी जारी भएका कटुवाल भने सम्पर्क विहिन रहेका डिएसपी बस्नेतले बताएका छन् । ‘ हामीले सोधपुछकालागी सम्पर्क गर्ने प्रयस गरियो तर सम्पर्क हुन सकेन’ डिएसपी बस्नेतले भने ‘ कार्यलयमा जादाँ बिदामा रहेको भन्ने जानकारी प्रप्त भएपनि किन र कती दिनकालागी बिदा हो भन्ने खुलेन । ’ बस्नेतका अनुसार बुधबार पकेाउ पुर्जी जारी भएकाे हाे ।
क्षेत्रीले अर्घाखाँचीका गोपाल सेजुवाल पिता बनाएर मञ्जु सेजुवालको नाममा धरानबाट नागरिकता लिएकी छिन् । झुठो विवरण पेस गरी लिइएको नागरिकतामा बुबा बनेका सेजुवाल हाल जापानमा रहेको खुलेको बस्नेतले बताएका छन् ।
डिएसपी बस्नेतले भने ‘ बुबा बनेका सेजुवाल धरान ३ बाट ९ मा सरेको भन्ने खुल्यो तर अर्घाखाँचीबाट बसाइसराई भएको वा धरानमा उनको र उनको नातेदारको घरजग्गा भएको अहिलेसम्म खुलेको छैन । ’
दुईवटा नागरिकता भएकी मञ्जुको स्याङजाको वालिङ ३ बाट पिता स्याम क्षेत्रीको वंशजको आधारमा नागरिकता रहेकाे छ । धरानबाट निकालिएकाे नागरिकतामा भने उमेर घटाएर जापान जान भनि लिइएको खुलेको डिएसपी बस्नेतले बताएका छन् ।
३३ वर्षीकी क्षेत्रीको धरान ९ बाट लिएको नागरिकतामा भने २० वर्ष भन्दा कम उमेर रहेको छ ।
सेजुवालले जापान जान २० वर्ष भन्दा कम उमेर चाहिने उक्त नागरिकता बनाएको प्रहरीकाे प्ररम्भिक अनुसन्धानमान खुलेकाे छ ।
ब्लाष्टखबर डटकम