भदौ १८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले अस्वभाबिक रुपमा बृद्धि गरेको मालपोत र एरिया निकासी कर बिरुद्ध झापा उद्योग बाणिज्य सँघ गौरीगञ्जले आन्दोलन शुरु गरेपछी गौरीगञ्ज गाउँपालिका मालपोत र अन्य कर बृद्धि गरेको निर्णयमा पछी हटेको छ । बृद्धि गरिएको मालपोत कर र अन्य एरिया निकासी कर घटाउन भोली गौरीगञ्ज गाउँपालिकाले बिशेष गाउँसभा बोलाएको कुरा एक कार्यपालिका सदस्यले बताएका छन् ।
हाल गाउँपालिकाले अस्वभाबिक रुपमा बृद्धि गरेको मालपोत कर र अन्य एरिया निकासी कर सो बिशेष गाउँसभाबाट साबिककै दररेटमा झार्ने निर्णय भएको श्रोतले बताएको छ । बिशेष गाउँसभाको पुर्व सन्ध्यामा आनदोलनरत उद्योग बाणिज्य सँघ गौरीगञ्जका प्रतिनिधिसँग गाउँपालिकाले बार्ता गरेको कुरा उद्योग बाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतोले बताएका छन् । बार्तामा मालपोत कर पुरानै कायम गर्ने र अन्य एरिया निकासी लगायतका करहरु समेत पुरानै कायम गर्ने सहमती भएको कुरा उनले बताएका छन् ।
गत भदौ १३ गते उद्योग बाणिज्य सँघ गौरीगञ्जको अगुवाइमा स्थानिय ब्यापारी र किसानहरुले गाउँपालिका अगाडी धर्ना दिएपछी सोहि दिन अध्यक्ष फुलबती राजवँशीले कार्यपालिका बैठक डाकेका थिए । सोहि बैठकले राजश्व परामर्श समितीको निर्णय बमोजिम मालपोत लगागतका करहरु घटाउने र सो घटाइएको करलाइ अनुमोदन गर्न भदौ १९ गते बिशेष गाउँसभा बोलाउने निर्णय गरेका थिए । गत भदौ १३ गते को कार्यपालिकाको बैठकको निर्णयको प्रतिलिपि माग्दा आज बैठक बसेको ५ दिन बिति सक्दा समेत सो निर्णयहरु अध्यक्षले प्रमाणित नगरि सकेको कुरा प्रमुख प्रसाशकीय अधिकृत सन्तोष श्रेष्ठले बताए ।
उनले १९ गते बिशेष गाउँसभा बोलाइएको कुरा बताएका छन् ।
बहुमतको दम्भ देखाउदै गत असार २३ गते गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले पुर्ण बजेट नै पास नगरि १३ औ गाउँसभा अन्तय भएको घोषणा गरेका थिए । गाउँसभाबाट पुर्ण बजेट पास नभएपछी तेश्रो पक्षले चलखेल गरि मालपोत लगायतका करहरु अस्वभाबिक बृद्धि गरेका थिए । अध्यक्ष लगायतका जनप्रतिनिधिहरुकै अकर्मण्यता र अज्ञानताका कारण गौरीगञ्ज गाउँपालिकाले बिशेष गाउँसभा आयोजनाको लाखौ रुपैयाको ब्यय भार बोक्नु पर्ने भएको छ ।