असार ८ बुधबार

रबिन्द्र बराल ।

नेपाली कांग्रेस रंगेली वडा कमिटि वडा नम्बर ७ ले बैसाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनमा आफ्नै पार्टीलाई हराउन पार्टी भित्र बाटै क्रियाशीलदेखि महाधिबेसन प्रतिनिधिसम्म लागेको भन्दै नाम सहित कारवाहीका लागि वडा स्तरबाट क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रलाई पत्र पठाएको भन्ने कुरा निराधार रहेकाे भन्दै वडा सभापति लाई झुक्याएर कार्वाही काे लेटरमा आफुलाई हस्ताक्षर गर्न समेत लगाएकाे महेन्द्र प्रसाद साह ले बताए । २०७९ असार ४ गते शनिबार का दिन नेपाली काङ्ग्रेस ले मेलिना गेष्ट हाउसमा बसेकाे बैठकमा समिक्षा गरियो र उक्त बैठकमा कसैलाई कार्वाही काे सिफारिस सम्बन्ध मा कुनै निर्णय नभएको तर भुक्याएर हस्ताक्षर गरेको मा आपत्ति जनाएका छन् । याे पत्र बाट मैले गरेको सिफारिस खारीज गरि पाउँ र कार्यवाही काे पत्र मिडियामा प्रकाशित गर्ने कार्य मैले नगरेकाे प्रष्ट पारदिन चहान्छु भनेर महेन्द्र प्रसाद साह ले हस्ताक्षर गरेका छन ।