झापा २ मा मतगणना शुरु, झापा ५ मा बिहान ८ बजेबाट शुरु हुने

पढ्न समय: 1 मिनेट

झापा क्षेत्र नं २ को मतगणना शुरु भएको हो । बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना शुरु गरिएको हो । सर्वदलीय बैठक सकेर गणना शुरु गरिएको जनाइएको छ । अर्जुनधारा ११ को मतपेटिकाबाट गन्न थालिएको हो । त्यसपछि बिहान ९ बजेबाट अन्य ८ ठाउँमा मतगणना हुने जनाइएको छ । अहिले एक ठाउँमा मतगणना शुरु गरिएकोमा बिहान ९ बजेबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ ठाउँ , प्रदेशसभाको प्रत्यक्षतर्फ २ ठाउँ , प्रतिनिधिसभाको समानुपातिकतर्फ २ ठाउँ र प्रदेशसभाको समानुपातिकतर्फ २ ठाउँ गरी थप ८ ठाउँमा गणना गर्नेगरी तयारी थालिएको छ ।

त्यस्तै झापा क्षेत्र नं ५ मा पनि बिहान ८ बजेबाट गणना शुरु हुनेछ । झापा ५ मा राति ३.३० बजे मात्र मत पेटिका निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको छ । जसले गर्दा रातिदेखि नै गणना सुरु गर्ने भनिए पनि अहिले विहान ८ बजेबाट सुरु गरिने जनाइएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्