• मंसिर ५, २०७९
  • Madan Rajbanshi
  • 0

झापा क्षेत्र नं १ को मतगणनामा केही ढिलाइ हुने भएको छ । केही बेर अघि शुरू भएको सर्वदलिय बैठक जारी छ । सर्वदलिय बैठकले सदर र बदर मतका बारेमा छलफल गरेर निर्णय गर्नेछ ।

त्यस्तै मतपेटिका कसरी मिसाएर गणना गर्ने भन्ने निर्णय पनि सर्वदलिय बैठकले गर्नेछ । मतगणनाको समय समेत सर्वदलिय बैठकले नै गर्ने निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।

हिजाे सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं.१ मा ७२ प्रतिशत मत खसेको थियाे । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार ८७ हजार ३ सय ९६ मत खसेको छ ।

मतदान गर्नेमा ४२ हजार ६१२ पुरुष, ४४ हजार ७८४ जना महिला मतदाता रहेका छन् । झापा क्षेत्र नं. १ मा १ लाख २० हजार ७५४ मतदाता रहेका छन् ।
त्यसैगरी क्षेत्र न ४ मा मध्यान्ह देखि मतगणना हुने कुुरा सर्वपक्षीय बैठक पछी त्यहाँकी स्वतन्त्र उम्मेदवार खुश्वु ओलीले जनाएकी छिन् ।‌