• जेष्ठ १, २०७९
  • Madan Rajbanshi
  • 0

झापा जिल्लामा १५ पालिका मध्येका ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यसमा नेपाली काङ्ग्रेस र नेकपा एमालेले समान तीन-तीन वडाध्यक्ष सहित प्यानल नै जितेका छन् ।

कचनकवल गाउँपालिका -१ मा काङ्ग्रेसका महावीर लिम्बु (रञ्जित) विजयी भएका हुन् । उनले १४४२ मत प्राप्त गरेर राप्रपा उम्मेदवारलाई हराएका हुन् ।

त्यसैगरी कमल गाउँपालिका- १ मा काङ्ग्रेस उम्मेदवार केदार कटुवाल विजयी भएका छन् । उनले १७८६ मत ल्याएर एमाले उम्मेदवारलाई हराएका हुन् ।बाह्रदशी गाउँपालिका (१ मा काङ्ग्रेस उम्मेदवार टेकबहादुर राजवंशी विजयी भएका छन् । उनले ५७९ मत ल्याएर एमाले उम्मेदवार शम्भुसिंह राजवंशीलाई पराजित गरेका हुन् ।

भद्रपुर नगरपालिका-१ मा रामप्रसाद अधिकारी विजयी भएका छन् । उनले ६६३ मत ल्याएर काङ्ग्रेस उम्मेदवारलाई हराएका हुन् ।

शिवसताक्षी नगरपालिका -१ एमाले उम्मेदवार लक्ष्मीप्रसाद चेम्जोङले काङ्ग्रेस उम्मेदवारलाई हराएका हुन् । उनले प्राप्त गरेको मत औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ। काङ्ग्रेसले गाउँपालिका र एमालेले नगरपालिकामा जितेको हो ।

दमक नगरपालिका १ मा एमाले उम्मेदवार हरि न्यौपाने विजयी भएका छन् । उनले राप्रपाका उम्मेदवार तारा अधिकारीलाई हराएका हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा अधिकारीले न्यौपानेलाई सात मतले हराएका थिए । यस पटक न्यौपानेले अधिकारीलाई ६३ मतले हराएका हुन् ।