झापा गाउँपालिकाको कुवाडी देवी मावि मतदान केन्द्रमा बम विष्फोट

पढ्न समय: 1 मिनेट

झापा, मंसिर ४ । झापाको एउटा मतदान केन्द्रमा बम विष्फोट भएको छ ।
मतदान चलिरहेका बेला झापा गाउँपालिका वडा नं २ स्थित कुवाडी देवी मावि मतदान केन्द्रमा बिहान १० बजेर २० मिनेटमा सुतली बम विष्फोट भएको हो । मतदान गरिरहेको ठाउँबाट करिब ३० मिटर टाढा भएको बम विष्फोटबाट क्षति नभएपनि ठूलो आवाजका साथ बम पड्किएको मतदाताहरुले बताएका छन् ।

विष्फोटपछि आधा घण्टा मतदान रोकिएको थियो । केहीबेर अघिबाट मतदान सुचारु भएको कुरा सञ्चारकर्मी बरत राजवंशीले जनाएका छन् । कुवाडी देवी मावि झापा गाउँपालिकाकै सबैभन्दा बढी मतदाता भएको मतदान केन्द्र हो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्