१४ भदौ झापा । झापा गाउँपालिका को गोलि काण्ड बारे सँघिय लिम्बुवान मञ्चले बिज्ञप्ति जारी गरेको छ । झापा गाउँपालिका–३ कामाटोलीमा गत बुधवार प्रहरीको गोली लागेर मृत्यु भएका रफिकुल आलम घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही हुनु पर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।
मञ्चले पिडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था, मृतकलाई शहिद घोषणा, घटनाको निष्पक्ष छानबिनलगायतका माग अघि सारेको छ । मञ्चले विज्ञप्ती जारी गरी यथासिघ्र संघीय छानबिन समिति गठन गरी सत्य तथ्य सार्बजानिक गर्न सम्बन्धित निकायलाई अपिल समेत गरेको छ ।
विज्ञप्तीमा मुलुक संविधान संघीय लोकतान्त्रि गणतन्त्र धर्म निरपेक्षतामा प्रवेश गरेको जनाउँदै झापामा मुस्लिम समुदायमाथि घटेको घटनाप्रति मञ्चले आपत्ति जनाएको हो । मुस्लिम समुदायमा घटेको घटनाले कानूनी राज्यको धज्जी उडाउँदै दण्डहिनतालाई अंगिकार गरेको मञ्चको बुझाई रहेको मञ्चका झापा अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिए ।
प्रहरीको गोली प्रहारबाट आलमको मृत्यु भएपछि कामाटोली तथा झापा गाउँपालिका क्षेत्र २ दिनसम्म तनावग्रस्त भएको थियो । कामाटोली ३ मा बहर गोरु काटेको आरोपमा दुई मुस्लिम नागरिकलाई प्रहरीले पक्राउ गरेपछि सो क्षेत्रमा तनाव सिर्जना भएको थियो ।
