झापामै पहिलो पल्ट कमल गाउँपालिकाले गर्यो ट्याक्टर जोताइको मुल्य निर्धारण

पढ्न समय: 1 मिनेट

पुस ४, कमल । झापाको कमल गाउँपालिकाले ट्याक्टर को जोताई मुल्य निर्धारण गरेको छ । कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्याक्टरको मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र किसानलाई ठगिनबाट रोक्नका लागि कमल गाउँपालिकाले दररेट निर्धारण गरेको छ । झापामा नै पहिलो पटक पालिकाले किसानले जोताइमा प्रयोग गर्दाको दररेट तोकेको हो ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिं राईका अनुसार रोडाभेटरबाट जो जोतेबापत किसानले प्रतिघण्टा दुई हजार तिर्नु पर्नेछ । यसभन्दा अघि २५ सय रुपियाँसम्म ट्याक्टरहरूले असुल्दै आएका थिए । टयाक्टरहरुले मनपरी रूपमा किसानबाट रकम असुल्दा पनि स्थानीय सरकारको चासो नगएको भन्दै विरोध हुँदै आएको थियो ।

- Advertisement -
Ad image

यसैगरी कल्टिभेटरबाट जोताइगर्दा प्रतिघण्टा १५ सयमात्र तोकिएको छ । यो मूल्य निर्धारण नहुँदा किसानबाट दुई हजारभन्दा बढी रकम ट्याक्टर सञ्चालकहरूले लिँदै आएका थिए । बारम्बार इन्धनको भाउ बढेको भन्दै किसानबाट बढी रकम ट्याक्टर सञ्चालकहरूले लिने गरेको पाइएको थियो ।

पालिका अध्यक्ष राईका अनुसार तोकिएको मूल्य भन्दा बढी लिएको अवस्थामा किसानबाट गुनासो आउनसाथ आवश्यक कारबाही गरिने छ । ‘‘हामीले लामो छलफल र वैज्ञानिक रूपमा मूल्य निर्धारण गरेका हौँ’’, उनले भने , ‘‘यसको पालना सबैले गर्नुपर्छ र नगरे कारबाही भोग्न तयार हुनुपर्छ ।’’
(गोरखापत्र अनलाइन बाट )

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्