झापामा हातीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाईते

पढ्न समय: 1 मिनेट

पुस १७ झापा । झापाक४ शिवसताक्षीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट स्थानीय कृष्ण माया भण्डारीको मृत्यु भएको हो।

- Advertisement -
Ad image

गए राति करिब २ बजे हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्।

त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ।

घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रीमान् शान्तिरामको उपचार भइरहेको छ।

स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो। एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो।

तस्बिर – जनसाँसद बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्