झापामा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु

पढ्न समय: 1 मिनेट

झापा – झापाको भद्रपुरमा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान को ढुंगा प्रहार बाट बुधकरण चिया बगान मा कार्यरत ६० बर्षिया फिल्सिता राउतको मृत्यु भएको हो । भद्रपुर— ७ बुथकरण चिया बगानको १० नम्बर क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउमाथि सोमबार दिउसो ढुङ्गा प्रहार गरेका थिए ।

श्रीमान साहेबाले सामान्य बिषयमा विवाद हुँदा श्रीमतीलाई कुटपिट गरी टाउकामा ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् । ढुङ्गा प्रहारबाट गम्भीर घाइते फिल्सिताको मंगलबार बिहान २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

घटनका बारेमा स्थानीयले मंगलबार विहान करिव साढे ८ बजेतिर टेलिफोनमार्फत प्रहरीमा खवर गरेका थिए । घटनाका बारेमा जानकारी प्राप्त हुन साथ कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर श्रीमान साहेबा उराउलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएकाछन् ।‌

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्