झापामा बढ्न थाले लागुऔषध प्रयोगकर्ता

पढ्न समय: 2 मिनेट

माघ १९ झापा । लकडाउन हटेसंगै झापामा लागुऔषध प्रयोगकर्ताहरुको संख्यामा बृद्धि हुदै गएको तथ्यांक बाहिर आएकोछ ।

ह्यापी नेपाल दमकले शाखा कार्यालय भद्रपुरमा गरेको सरोकारवाला हरुसंगको छलफलमा १३ प्रतिशतले प्रयोगकर्ताहरुको संख्यामा बृद्धि हुँदै गएको जनाईएको हो । सो संस्थाद्वारा आयोजित छलफलमा सन् २०२० मा गरिएका गतिविधिका बारेमा जानकारी गराउँदै कार्यक्रम संयोजक चन्द्रप्रसाद पौडेलले लकडाउन हटेसंगै खुला सीमाका कारण जिल्लामा प्रयोगकर्ताहरुको संख्यामा बृद्धि हुँदै गएको बताए । उनले पछिल्लो समयमा ह्यापी नेपालले दैनिक ५५ देखि ६० जनासम्मका प्रयोगकर्तालाई परामर्श सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै ह्यापी नेपाल शाखाले मात्र सन् २०२० मा ५ सय १ जना प्रयोगकर्तालाई सेवा प्रवाह गरिसकेको जानकारी दिए ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै ओएस टी एशोसिएशन टीम अध्यक्ष ईन्द्रप्रसाद ओलीले झापा जिल्ला लागु औषध प्रयोगकर्ताहरुको जोखिममा रहेको बताउँदै १९ देखि ५५ बर्षसम्मका प्रयोगकर्ताहरुको संख्या झापामा हालसम्म ११ हजार माथि पुगिसकेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ह्यापी नेपालको सहकार्यमा आगामी दिनहरुमा नगरपालिकाले प्रयोगकर्ता न्यूनीकरणका लागि निश्चित कानुन बनाएर लाग्ने बताए ।

वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख डम्बरबहादुर गिरीले प्रयोगकर्ता कम गर्न प्रचारप्रसारसहितको चेतना जगाउनु पर्नेमा जोड दिए । संस्थाका कार्यकारी निर्देशक कुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न छलफलको संचालन जीवन नेपालीले गरेका थिए ।

झापामा विभिन्न २० वटा संस्थाहरुले लागु औषध दुव्र्यसन नियन्त्रणको क्षेत्रमा क्रियाशील भएर काम गर्ने गरेका छन् ।

ह्यापी नेपाल शाखाबाट मात्र प्रत्येक ३–३ महिनाको अन्तरालमा ५ सय ४० जना बराबरले सेवा लिने गरेका छन् । छलफल कार्यक्रममा सरोकारवालाहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्