• जेष्ठ ८, २०८०
  • Madan Rajbanshi
  • 0

जेठ, ८, झापा । झापाको बुद्धशान्ति मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ३ साबिक बुधबारे ८ शितलचोकका एकजना किसानको खेतमा आज बिहान सो हात्ती मृत फेला परेको हो ।
करिव २५ वर्षको पोथी हात्तीको विद्युतीय करेन्टका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । हात्तीको मृत्युबारे अनुसन्धान गर्न कोशी टप्पुबाट टोली बोलाइएको डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठकले बताए ।

योसहित यस वर्षमात्र झापामा विद्युतीय करेन्टका कारण दुईवटा हात्तीको मृत्यु भइसकेको छ । गत वर्ष तीनवटा हात्ती त्यसरी मारिएका थिए ।