झापाको बिर्तामोडमा एक युवाद्वारा आत्मदाहको प्रयास

फागुन ९, झापा । बिर्तामोडको मुक्ति चोकमा एक युवाले आज आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड ७ का स्थानीय बिजय चौधरी ले आज मँगलबार अपरान्ह शरीरमा पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको बताए । प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगेका हुन् ।

उनको शरीरको पछाडिको भाग जलेको छ । उनको अवस्था सामान्य रहेको कुरा प्रहरी ले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले आत्मदाह प्रयासको कारण हालसम्म नखुलेको बताए ।

अघिल्लो लेखमागाउँपालिकाको सेवा सुबिधा लिन अब हातीपाइले रोग बिरुद्धको औषधी अनिवार्य खानु पर्ने
अर्को लेखमागौरीगञ्ज माध्यमिक बिद्यालयका शिक्षकहरु धर्नामा