• भदौ ३०, २०७७
  • Madan Rajbanshi
  • 0

हल्दीबारी, भदौ ३० । हल्दीवारी गाउँपालिका वडा नं ३ मा भर्खरै संचालनमा आएको कावेली सिमेन्ट उद्योगमा गएराति आगलागी भएको छ ।
सिमेन्ट उद्योगको पावर हाउसमा राति २ बजेतिर आगलागी हुँदा २ करोडभन्दा बढीको क्षति भएको उद्योगका मेनेजिङ डाइरेक्टर सुमन मैनालीले बताए । उनका अनुसार राति २ बजेतिर परेको चट्याङका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीयबासी तथा भद्रपुर र बिर्तामोडबाट आएका २ वटा वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा आएको थियो । । झापाका युवा व्यवसायीहरुको करिब ६० करोड रुपैयाँको लगानीमा स्थापित उद्योगले गत सातादेखि उत्पादन शुरु गरेको थियो ।