असार २६ गौरादह । एसइइ परीक्षामा झापा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल गौरादह ग्वालड्ब्बा स्थित इमिनेन्ट कञ्चनजँघा बोर्डिङ स्कुलले आफ्ना उत्कृष्ट बिद्यार्थीहरुलाइ बधाइ तथा सम्मान सहित पुरस्कृत गरेको छ । यो बर्षको एसइइ परीक्षामा झापाका उत्कृष्ट नतिजा ल्याउने १२ बिद्यार्थी मध्ये १ जना ४ जिपिए सहित ३ जनाले झापामै उत्कृष्ट नतिजा ल्याएको अबसरमा बिद्यालयले एक कार्यक्रमको आयोजना एसइइ उतिर्ण बिद्यार्थीहरुलाइ पुरस्कृत तथा सम्मान गरेको छ ।
बिद्यालय सञ्चालक समितीका अध्यक्ष तथा प्रदेश सभा सदस्य अम्बर बहादुर बिष्टको अध्यक्षता तथा गौरादह नगपालिकाका नगर प्रमुख छत्रपती सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयले ४ जीपीए ल्याउने बिद्यार्थी धनबहादुर थापालाइ नगद रु २१ हजार, ब्याग तथा मायाको चिनो सहित पुरस्कृत गरेको छ भने ३.९५ जीपीए ल्याउने अँकिता चौलागाइ र अनमोल शर्मालाइ नगद रु ५ हजार, ब्याग र मायाको चीनो सहित पुरस्कृत तथा सम्मान गरेको छ । त्यसै गरि बिद्यालयले एसइइ उतिर्ण हुने अन्य बिद्यार्थीहरुलाइ ब्याग तथा मायाको चिनो सहित सम्मान र पुरस्कृत गरेको छ ।
त्यसै गरि बिद्यालयका पुर्व शिक्षक मेघराज पौडेलले सो बिद्यालयबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने थापा सहित उत्कृष्ट ५ बिद्यार्थीहरुलाइ जनहि रु १ हजार र ट्रफी सहित पुरस्कृत गरेका छन् भने बिद्यालयमा कार्यरत शिक्षक राजेन्द्र सुवेदीले रु ५ हजार र सन्देश दाहालले रु २ हजार ५ सय सहित बिद्यार्थी थापालाइ पुरस्कृत गरेका छन् ।
कार्यक्रममा बोल्दै गौरादहका नगर प्रमुख छत्रपती सुवेदीले एसइइमा गौरादहबाट उत्कृष्ट नतिजा ल्याउने बिद्यालय र बिद्यार्थीलाइ पुरस्कारको घोषणा गरेका छन् । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सुबेदीले ग्वालडुब्बा स्थित इमिनेन्ट कञ्चनजँघा बोर्डीड स्कुलले झापामै उत्कृष्ट नतिजा ल्याइ गौरादहको नाम राखेकाले नगर शिक्षा समितीबाट निर्णय गरि बिद्यालयलाइ नगद रु १ लाख रुपैया पुरस्कार दिने घोषणा गरेका छन् भने सो बिद्यालयबाट एसइइमा ४ जीपीए ल्याउने धनबहादुर थापालाइ नगद रु ५० हजार र सोहि बिद्यालयबाट ३.९५ जीपीए ल्याउने अँकिता चौलागाइ र अनमोल शर्मालाइ जनहि रु २५ / २५ हजार रुपैया पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । नगर प्रमुख सुबेदीले सामुदायिक बिद्यालय तर्फ राम्रो नतिजा ल्याउन सफल अमर माबिलाइ समेत नगद रु १ लाख पुरस्कारको घोषणा गरेका छन् ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका शिक्षक राजेन्द्र सुवेदीले बिद्यालयको इमिनेन्ट कञ्चनजँघा स्कुल स्थापना हुँदा देखि बर्तमान सम्मको इतिहास स्मरण गरेका थिए । कार्यक्रममा गौरादहका नगर उपप्रमुख जलबर्षा राजवँशी शिक्षा सेवी अमर दास शिवाकोटी पुर्व शिक्षक मेघराज पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष बिष्टले बिद्यालयको नाम राख्न सफल बिद्यार्थी अभिभावक तथा शिक्षकहरुलाइ धन्यबाद दिएका थिए ।
बिद्यालयबाट यो बर्ष १ जनाले ४ जीपीए र २ जनाले ३.९५ जीपीए सहित ३६ जनाले एसइइ उतिर्ण गरेका छन् जसमध्ये ३. ६५ देखि ४ जिपिए ल्याउने १० जना ३ .२५ देखि ३. ६० जीपीए ल्याउने १३ जना र २ .९५ देखि ३. २० जीपीए सम्म ल्याउने १३ जना छन् ।