भदौ ८ , विराटनगर । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका झापाका का दुई अस्पताल सहित कोशी प्रदेशका पाँचवटा स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्ने सूचिबाट हटाइएको छ ।
झापा बिर्तामोडमा सञ्चालित बीएण्डसी टिचिङ हस्पिटल, र दमकमा सञ्चालित लाइफ लाइन अस्पताल सहित बिराटनगरको नोबेल मेडिकल अस्पताल र बिराट मेडिकल अस्पताल त्यसैगरि खोटाङको आई केयर सेन्टर बाट स्वास्थ्य विमा कार्यक्रम हटाईएको छ।
देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउँदा झापाका दुइ सहित कोशी प्रदेशका पाँच स्वास्थ्य संस्थाबाट स्वास्थ्य विमा कार्यक्रम हटेको हो ।
स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको बीमा बोर्डले जनाएको छ ।
यसैगरै कोशी प्रदेश बाहेक चितवन मेडिकल कलेज (भरतपुर), नेशनल मेडिकल कलेज (वीरगञ्ज), शुभस्वस्तिक अस्पताल (बर्दिवास) र नेपाल आँखा प्रतिष्ठान (भैरहवा)ले सेवा सूचिबाट हटाएको छ ।
राप्ती आँखा अस्पताल (दाङ), नेपालगञ्ज मेडिकल कलेज (बाँके), फत्तेवाल आँखा अस्पताल (बाँके), फुलकुमारी मेमोरियल हस्पिटल (सिरहा) र सगरमाथा चौधरी आँखा अस्पताल (सिरहा), लाल रत्न अस्पताल (कैलाली) लगायतका स्वास्थ्य संस्थालाई सूचिबाट हटाएको हो ।
बीमा बोर्डको तथ्यांक अनुसार स्वास्थ्य बीमाका लागि मुलुकभर ४६४ वटा स्वास्थ्य संस्था सूचीकृत छन्, जसमध्ये ५२ निजी स्वास्थ्य संस्था थिए र बीमा कार्यक्रममा उनीहरुको योगदान ३० प्रतिशत हाराहारी थियो ।