संविधान दिवसको अवसर पारेर सरकारले झापाका सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ ।
बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव तथा कार्यकारी प्रमुख, समर्पण राष्ट्रिय अभियान तथा एकका लागि एक अभियानका संयोजक गिरीलाइ सो मन पदवी द्वारा विभुषित गरिएको हो ।
प्रत्येक वर्ष सामाजिक सेवामा लागेका व्यक्तिलाई समाज सेवा रत्न प्रदान गरिन्छ । गिरीसहित ११ जनालाई सो पदक प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।
गिरी झापा अर्जुनधारा–६ फूलबारीमा वि.स. २०२६ भदौ २५ गते जन्मेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्