• बैशाख ३, २०८२
  • Madan Rajbanshi
  • 0

झापाका सात पालिका हरुमा आज स्थानीय बिदा

बैशाख ३ गौरीगञ्ज । बुधबार झापाका अधिकाँश पालिकाहरुले स्थानीय विदा दिएका छन् । आज बैशाख ३ गते रँग सिरुवा तथा बैशागु बथरको अबसरमा झापाका बिभिन्न पालिकाहरुले स्थानिय बिदा दिएका हुन् ।

झापाको गौरीगञ्ज गाउँपालिका गौरादह नगरपालिका झापा गाँपालिका बिर्तामोड नगरपालिका र बाह्रदशी गाँपालिकाले सिरुवा पर्वको अबसरमा बिदा दिएका हुन भने हल्दिबारी गाउँपालिका र मेचीनगर नगरपालिकाले बैशागु बथर पर्वको अबसरमा आज स्थानिय बिदा दिएका छन् । पालिकाहरुले सुचना जारि गर्दै आज स्थानिय बिदा दिएका हुन् । सिरुवा पर्व कोच आदीबासी लगायतका समुदायहरुले मनाउने गरेका छन् भने बैशागु बथर मेचे समुदाय लगायतकाले मनाउने गरेका छन् ।