झापाका पाँच वटा पालिकामा भोलि शुक्रबार सार्वजनिक विदा

पढ्न समय: 1 मिनेट

कार्तिक १७, झापा । झापाका पाँच वटा पालिकाले भोली शुक्रवार स्थानीय सार्वजनिक बिदा दिएका छन् । कोच आदिवासी तथा अन्य बहुसंख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा झापा गाउँपालिका, भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएको हो ।

पाँच वटै पालिकाले बिहीबार सूचना प्रकाशन गरी बिदाको बारेमा जानकारी गराएको हो । बिदामा नगरपालिका र नगरपालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्