झापाका नयाँ सिडिओ साब को प्राथमिकतामा बजार अनुगमन

पढ्न समय: 1 मिनेट

बिर्तामोड । भरखरै सरुवा भइ आएका झापाका नयाँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बजार अनुगमनलाई मुख्य प्राथमिकतामा राखेका छन् । बिहीवार पत्रकारसँगको भेटघाटमा उनले बजार अनुगमनलाई प्राथमिकता दिने बताएका हुन् ।

प्रजिअ रिजालले जिल्लाको प्रशासनलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले झापामा सीमा सुरक्षा नै चुनौतिको विषय भएकाले त्यहाँबाट हुने चोरी, तस्करी, लागूऔषध, कालाबजारीजस्ता अपराध नियन्त्रणमा ध्यान केन्द्रित गरी सुरक्षा प्रवन्ध मिलाउने बताएका छन् ।

- Advertisement -
Ad image

कोभिड संक्रमण दर बढिरहेको बेला उनले जिल्लालाई थप सुरक्षित बनाउन पनि सीमा क्षेत्रमा कडाई गर्ने बताएका छन् । रिजाल झापामा पुस २८ गते हाजिर भएका हुन् । उनी सुर्खेतबाट सरूवा भई जिल्ला प्रशासन कार्यालय झापा आएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्