जुवा खेलिरहेको अवस्थामा गौरादह बाट १५ जना पक्राऊ

मँसिर १ गौरीगञ्ज । झापाको गौरादहमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ३ बजे उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।


गौरादह ३ का युवराज खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गौरादह र दमकको टोलीले उनीहरुको साथबाट एक लाख ३५ हजार ९ सय पैतिस रुपैयाँ समेत बरामद गरेको छ । जुवा खालबाट १६ थान कौडा र ३ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका लागि राखिएको छ । यद्यपि प्रहरीले उनिहरुको नाम सार्वजनिक गरेको छैन ।‌

अघिल्लो लेखमाटिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट
अर्को लेखमाखेलकुद प्रति गौरीगञ्ज गाउँपालिका उदासिन : झापा लिगमा पठाएन खेलाडी