रबिन्द्र बराल
बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाईरस का कारण ले गर्दे एक महिना देखि नेपाल सरकारले समेत काेराना राेग बाट बच्नका लागि गरेको लकडाउन का कारण किसान हरु मार्कामा परेका छन । कृषक हरुले अाफ्नाे बारीमा उव्जाएका तरकारी जन्यवस्तु हरु अहिले खेतमै कुहिने अवस्थामा पुगेको छ । किसान हरु ले लकडाउन का कारण बिक्रीवितरण का लागि बजार सम्म तरकारी जन्यवस्तु हरु पर्याउन नसक्दा खेतमै फ्याक्नु परेका ले कृषक हरु समस्या मा परेका छन ।
कृषक हरु काे समस्याको सम्धान गर्ने जिल्ला सहकारी संघ मोरङले केहिदिन देखि माेरङकाे कटहरी, जहदा, देवानगन्ज लगायत क्षेत्र हरुमा कृषक हरुले उत्पादन गरेका टमाटर , भिन्डि, बैगुन, फर्सी, लाैका , खुर्सानी लागायतका फलफूल जन्यवस्तु हरु अहिले किसानका उत्पादनहरु बिक्री गर्न समस्या भएर खेतखेतमै नष्ट हुन लागिरहेको जानकारी पाए पछि जिल्ला सहकारी मार्फत फलफुल थोकबजार स्थलमार्फत थोकबिक्रि र विभिन्न गाडिहरु मार्फत घरघर घुमाएर खुद्रा बिक्रीको शुभारम्भ भएको छ ।
स्वदेशमै उत्पादन भएको ताजा र राम्रो समेत भएको हुनाले अब बिस्तारै अन्यत्र समेत बिक्रीवितरण का लागि पठाउन लागि परेको र नेपाली किसानको पसिना खेरजान नदिन र कृषक हरु काे अात्मावल बडाउनका लागि यस्तो कार्य गरिएको जिल्ला सहकारी माेरङका अध्यक्ष डिल्ली पाेख्रेल ले बताए ।