दोश्रो लहरको जिरोमा सँक्रमण बढिरहेको बेला गौरीगञ्जमा समेत ९ जनामा सँक्रमण पुष्टी भइसकेकोछ । तिब्र रुपमा सँक्रमण बढिरहेको बेला गौरीगञ्जमा भने कुनै किसिमको साबधानी अपनाइएको छैन ‌। जिल्ला स्तरीय डिसिएमसिको बैठकले सोमबार झापाका सम्पुर्ण बिद्यालय तथा शैक्षिक सँस्था हरु मा प्रत्यक्ष पठनपाठन बन्द गराउने निर्णय गरेपनि झापाको गौरीगञ्ज स्थित विद्यालयहरुले सो निर्णय लाई अटेर गरेका छन् ।
नेपाल सरकार को सोमबार बसेको मन्त्री परिषदको बैठकले समेत तालिका सार्वजनिक भइसकेका सम्पुर्ण परीक्षा हरु स्थगित गरि सबै शैक्षिक सँस्था हरु को प्रत्यक्ष पठनपाठन बन्द गराउने निर्णय गरेको थियो ।सो निर्णय हरु बिपरित मँगलबार गौरीगञ्ज क्षेत्रमा सञ्चालित सबै निजि स्तरका बोर्डिङ स्कुल तथा केहि सामुदायिक विद्यालय हरुमा यथावत रुपमा पठनपाठन भइरहेको पाईएको छ । निर्णय अटेर गरि सञ्चालित विद्यालय हरुमा स्वास्थ्य सुरक्षा का कुनै मापदण्ड पालना गरिएको छैन । कतिपय विद्यार्थी हरुले मास्क समेत नलगाई बिद्यालय आईरहेको समेत पाईएको छ ।‌ बिद्यार्थी हरुले मास्क नलगाएपनो बिद्यालयहरुले कुनै सतर्कता अपनाएको देखिदैनन ।

बिद्यार्थी हरुलाइ मास्क बाड्दै सुरक्षा कर्मी हरु


मँगलबार १० बजेको आसपास बिद्यालय गईरहेका विद्यार्थी हरुले मास्क नलगाएको पाईएपछी सुरक्षा कर्मी तथा सामाजिक अभियन्ता हरुले गौरीगञ्ज चोकमा बसेर उनिहरुलाई सचेतना सहित मास्क वितरण गरेका थिए ।
” केटाकेटीलाई जोगाउनै गाह्रो भयो” एक अभिभाबक भन्छन् – जिल्लाले एउटा निर्णय गर्छ गाउँपालिका मा त्यो निर्णय कार्यान्वयन नै हुदैँन । छोराछोरी बिद्यालय पठाउ भने कोरोनाको डर, नपठाउँ भने पढाई छुट्ने डर ।
गौरीगञ्जमा ९ जनामा सँक्रमण पुष्टी भइसक्दा समेत गाउँपालिका को आपतकालिन सिसिएमसि बैठक बसेको छैन । पालिका स्तरीय सिसिएमसिले बैठक गरेर निर्णय लिने चासो नदेखाएपछि हिजो वडा नँ १ को वडा समिति ले बैठक बसि बढ सँक्रमण देखापरेको १ नम्बर वडा क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । शिक्षा समिति सँयोजक तथा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा ले मँगलवार बस्ने कार्यपालिका बैठकले विद्यालय सँबन्धमा निर्णय गर्ने बताएकाछन् ।