जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दशेराको जेवाबाट लेवा जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउमा मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खस्दा नौ को ज्यान गएको हो ।

ज्यान गुमाउने धेरैजसो लेवा गाँउका छन् । उनीहरूको परिचय खुल्न बाँकी छ। दुर्घटनामा तीन जना गंभिर घाइते भएका छन् । घाईतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको स्थानीय प्रेम रावतले जानकारी दिए । घटनको विस्तृत विवरण आउन बाँकी छ।

घटना स्थलमा प्रहरी पुगिसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताएका छन् ।